१७ बैशाख २०७८
चौतारी पोष्ट अनलाइन, ललितपुर ।
पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्यासँगै नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्राप्त पछिल्लो जानकारी अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी कुल ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज थप ३३ जना संक्रमितको मृत्यु भएको छ ।



