स्वास्थ्य

मेचीनगरका १७ सहित झापामा १६२ जना संक्रमित

२१ बैशाख २०७८
काँकरभिट्टा ।
झापामा आज मात्रै १६२ जना कोरोना संक्रमित थपिएका छन । चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार सबैभन्दा बढी संक्रमित बिर्तामोड नगरपालिकामा ३८ जना र भद्रपुर नगरपालिकामा ३७ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै मेचीनगरमा १७ जना, दमकमा १७ जना, गौरादहमा १२ जना, कनकाइमा ११ जना, कमल गाउँपालिकामा ८ जना, अर्जुनधारा र हल्दिबारीमा ६ ,६ जना संक्रमित भेटिएकाछन् ।

प्राप्त पछिल्लो जानकारी अनुसार झापाकै शिवसताक्षी र बुद्धशान्तिमा ३ ३ जना, बाह्रदशीमा २ जना, गौरीगञ्जमा १ जना र एक जना संक्रमितको ठेगाना नखुलेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

आज झापामा एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं। ८ का ७० बर्षिय पुरुषको उपचारका क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
आज थपिएका संक्रमित सहित झापामा संक्रिय संक्रमितको संख्या ७४१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button