सृजनाको चौतारी

केचनाका कुसुमहरू

इतिहासमा, नक्सामा, कितावमा
र, मेरा कविताका हरफहरूमा
प्रिय केचना
तिमी होचिएर पनि
अग्लिएका छौ
यसैमा मलाई गर्व छ।

उत्पतिसँगै आयौ
बन्यौ बिशिस्ट धरोहर
होचो भू(भागको नामले
परिचित भएर पनि
सगरमाथा जस्तै
उहिल्यै महाभारतका
कथाका अध्यायहरूमा
किचक बधको
मिथकीय गाथा गाउँदै
कहिल्यै नझुक्ने स्वभिमान
बोकेर उभियौ
र,
बन्यौ कहिल्यै नडग्ने धरोहर१
बैरीलाई परास्त गर्ने
अदम्य सहास बोकेर
उभिएको दरबारको नाट्यशालामा
हेर्न पाए हुन्थ्यो
किचक बधको नाटक
देवनीया नदिको
सांस्कारीक अविरलतासगै
शिव र सति जस्तै
उभ्याउन पाए हुन्थ्यो
पानीको सतहमा
सैरन्धीको प्रतिछाया

अलिकति पोको पारेर
केचनाको हावा
लगाएर केचनाको
माटाको तिलक
अचाएर मेचीको पानी
संझदै बलशाली भीमको बहादुरी
जित्तन पाए हुन्थ्यो अर्को महाभारत
र,
बनाउन पाए हुन्थ्यो केचनामा
एउटा इन्द्रप्रस्त
खोस्रेर केचनाको छाति
फुलाउन पाए हुन्थ्यो कहिल्यै
नवैलने केचनाका कुसुमहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button