‘समाचार र विचारको
साझा चौतारी’






कोरोना कहर, मेचीनगरपालिका र संचार गृह


कोरोनाको दोस्रो लहरसँगै आएको कोरोना कहरले कसलाई र कहाँ पो छोएको छैन होला र ! दुनियाँलाई नै हायलकायल पारेको यो डरलाग्दो महाब्याधीबाट आज कोही पनि अछुतो छैन । सिङ्गो मानव समुदाय माथि नै चुनौती बनेको कोरोनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सबैलाई असर पारेको छ ।
कोरोना कहरको यो प्रसङ्गमा भन्नु पर्दा सबैलाई आ आफ्नै चिन्ता भने झै स्थानिय स्तरमा रहेका हुन् या अन्य संचार गृह र त्यहाँ कार्यरत संचारकर्मीको अवस्था दयनिय बन्न पुगेको छ । संचार गृह र संचारकर्मीकै बारेमा भन्ने हो भने स्थानिय स्तरमा हारगुहार बिज्ञापन मागेर चलेका संचार गृहको अवस्था नाजुक नै बनेको छ भन्दा हुन्छ ।तर, झापाको मेचीनगर नगरपालिका जसलाई नगरकै अभिभावकका रुपमा समेत हेरिन्छले नगर क्षेत्रमा संचालनमा आएका संचार गृह प्रति खासै चासो राखेको देखिदैन अरु बेला समेत एकाध संचार गृहलाई मात्र बिज्ञापन उपलब्ध गराउने मेचीनगर नगरपालिकाले कोरोना कहरको बेलामा समेत संचारगृह र संचारकर्मीहरु ( जो अहिले पनि आ आफ्नो क्षेत्रबाट समाचार सम्प्रेषण) गरिरहेकाछन् उनीहरुप्रति एक हिसाबले नजरअन्दाज नै गरेको छ ।
वास्तवमा भन्ने हो भने मेचीनगरपालिकाले नगर क्षेत्रबाट कानूत त कतिवटा संचार माध्यायम संचालनमा छन्, उनीहरुको अवस्था कस्तो छ ? नगरक्षेत्रबाट संचालन भएका छापा वा अनलाइन संचारमाध्यामहरु कुन कुन हुन् भन्ने सामान्य ढाटा पनि छ जस्तो हामीलाई लाग्दैन । विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा नगरक्षेत्रबाट नियमित रुपमा सम्पूर्ण कानूनी प्रावधान पुरा गरेर संचालन भएका अनलाइनहरु कुनकुन हुन् भन्ने सामान्य जानकारी पनि नगरको सूचना प्रवधि शाखामा रेकर्ड होला जस्तो हामीलाई लाग्दैन । चौतारी पोष्ट अनलाइनकै कुरा गर्ने हो भने हामीले विगत एक वर्ष अघिनै नगरपालिकोले दिने जनहितमा जारी सूचना र सन्देश नियमानुसार पाउँ भनि सूचिकृतका लागि बुझाएको फायल (हार्ड कपि) र मेचीनगरको ईमेल ठेगानाम पठाएको निवदेन सहितका कागजातको अवस्था अहिले सम्म के छ त्यो सम्बन्धित पक्षलाई नै थाहा होला । हामीले भन्न खोजेको यति मात्रै हो कि कोरोनाको यो कहरमा नगर क्षेत्रमा रहेर नागरिक माझ सूचना सम्प्रेषण गरिरहेका संचार गृहको अहिलेको अवस्था कस्तो होला भन्ने सम्मको संझना स्थानिय सरकार भनिने मेचीनगरले गरिदिए मात्रै पनि औपचारिकता सम्म त पुरा हुने थियो भन्ने मात्र हो । समानुपातिक बिज्ञापनको वितरणका बारेमा त हामीले दुःखका साथ भन्नु पर्छ कि मेचीनगर नगरपालिकाले चौतारी पोष्ट अनलाइनलाई आजका मिति सम्म सामान्य औपचारिकता समेत निर्वाह गरेको छैन । हामीलाई थाहा छैन मेचीनगर नगरपालिकामा हामीले पटक पटक सूचिकृतका लागि हामीले हाम्रा कागजात सहित बुझाएको निवदनको प्रमाण हामी सँग छन् तर मेचीनगर नगरपालिकाले हामी प्रति बक्रदृष्टि राख्नु पर्ने कुनै कारण होला जस्तो हामीलाई लाग्दैन ।तर, यति चाँही सत्य हो हामी कुनै राजनीतिक दल वा राजनीतिक पार्टी निकट पत्रकार संगठनका सदस्य भने छैनौँ । तर, हाम्रो अनुरोध के हो भने मेचीनगर नगरपालिका भित्र रहेर नेपालको कानून बमोजिम दर्ता भएर नियमित रुपमा संचालनमा आएका संचार गृहको अवस्था र संचारकर्मीहरुको अवस्थाका बारेमा बुझ्नु नगरपालिकाको थोरै भए पनि जिम्मेवारी भित्र पर्न सक्छ । यसमा हामी फेरि यो पनि अनुरोध गर्दछौँ कि हिजो कै मिति देखि चौतारी पोष्ट अनलाइनलाई नदेखिेको मेचीनगरपालिकाले आज बाट देखोस भन्ने हाम्रो भनाई र चाहाना पनि होइन । चौतारी पोष्ट अनलाइन बाहेकका अन्य संचार गृह र संचारकर्मीहरुको वर्तमानको अवस्थालाई सम्म त मेचीनगरपालिकाले हेर्न सम्म त सक्छ होला नि भन्ने हाम्रो हार्दिकता सहितको निवेदन पनि हो ।

प्रतिकृया दिनुहोस्