‘समाचार र विचारको
साझा चौतारी’






आम्दामा पुगेन कसैको आँखा !


झापा मेचीनगर नगरपालिका वडा नं १० स्थित मेची आम्दा अस्पताल बत्ति मुनिको अध्याँरो जस्तै बनेको छ । नेपालककै पूर्वीद्धारमा रहेको मेचीनगर नगरपालिका जो शायदै देशमा अपरिचित नगरपालिका होइन जहाँ रहेको एउटै अस्पताल आफै बिमारी जस्तो बनेको छ । मेचीनगर नगरपालिका मात्र होइन छिमेकी जिल्ला इलामका नागरिकलाई समेत स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने प्रचुर संभावना बोकेको आम्दाप्रति जनप्रतिनिधिको मन गएन भन्दा अब अन्यथा हुदैन ।
यस क्षेत्रका नागरिकको स्वास्थ्य उपचारका हिसाबले भविष्यमा समेत एउटा राम्रो संभावना बोकेको आम्दा अस्पतालमा नत स्थानिय सरकार (मेचीनगरपालिका)वा प्रदेश र संघीय सरकारकै उत्ति चासोको विषय बन्यो । आम्दालाई यदि सरोकारवाला पक्षहरुले नागरिकको स्वास्थ्य सँग जोडेर हेरिदिएका भए आम्दा मेचीनगर मात्र होइन आसपासका क्षेत्रका नागरिकका लागि आशा र भरोसा नै बन्ने थियो । तर, पटक पटक आम्दाका विषयमा चर्चा भए पनि थाहा छैन किन हो आम्दालाई स्तरोन्नति र यसको समग्र अध्ययन गर्ने तर्फ कसैले चासो नै दिएनन् अर्थात यसमा कसैको आँखा नै परेन । आज कोरोना कहरको यो त्रासदीमा यदि समयमै आम्दाप्रति जिम्मेवार पक्षले सोची दिएका भए यसलाई सुविधा सम्पन्न कोभिड अस्पतालनै बनाउन सकिन्थ्यो । आफ्ना अघिको मोती नचिनेको भने झै आफ्नै नगर भित्र रहेको एउटा अस्पताल आज आफै बिमारी जस्तो देखिनुमा को जिम्मेवार र जवाफदेफि बन्ने हो त्यो सम्बधिन्त पक्षलाईने थाहा हुनु पर्छ । संविधानमै मौलिकहकका रुपमा रहेको नागरिकको स्वास्थ्य , राज्यले आजका दिनमा नागरिकलाई दिएको स्वास्थ्य सेवा प्रवाह र झापाको मेचीनगर नगरपालिकामा रहेको मेची आम्दा अस्पतालको अवस्थालाई हेर्ने हो भने कतै तालमेल देखिदैन यसर्थ यसतर्फ बेलैमा सम्बन्धित सरोकारवालको चासो जानु पर्छ होला ।

प्रतिकृया दिनुहोस्