
गजल
बेला कस्तो आयो गुम्न थाले साथीभाइ
लेखौ भनौ कसरी म साले बाइबाइ ।
मुटु पोल्छ सम्झनाले किन यस्तो भयो
हिजो सम्म थियोे मित्र काले हाइहाइ ।
छोराछोरी परिवार अलपत्र पारी
कात्रोभित्र छोपी कता फाले दाइलाइ ।
रिस हुन्न संयमले संहितामा रही
तोकिएका मापदण्ड चाले खाइखाइ ।
छोपौ छिर्ने प्वालहरू धैर्यतामा रही
कालले लाने छैन हेर टाले आइआइ ।

