
गजल
बज्दैन सारंगी मादल लोकभाका कता हरायो
गाउदैन गाइने मधुर मिठो धुन कता हरायो ।
भक्रेङचेङ आवाज ढिकीको बेलुकीपख सुनेको
जाँतोमा मकै पिसेर गाउने गीत कता हरायो ।
गाग्रीमा बोकेको पानीले प्यास मेटदा हुने आनन्द
कुवा र जरूवा धारो खै आजकल कता हरायो ।
असारे गीतको भाकामा बेँसीमा गोरू साउँदाको
सम्झना मात्र बाकी छ घुम कछाड कता हरायो ।
हिडेर जादाको मामाघर खुशीले थकाइ मेटिने
ठेकीको दही चिउराको स्वाद पनि कता हरायो ।
भुलायो आजको बिकासले हिजोको हाम्रो आचार
थुप्रै थिए यस्ता अतित याद पनि कता हरायो ।।


