
गजल
कोभीड आयो संसार सब ,बर्बाद गरायो।
रित्तीएका भुँडीहरु कति, बेलुनझै भरायो।।
धेरैलाई अस्पतालको गेट ,बाहीर राख्दै
उपचारमा पुग्न नपाई , बिचमै मरायो।
थोरैलाई डाक्टर अक्सिजन ,छिट्टै पुर्यायो ।
जालो बुन्दै झेल रच्दै भाइरस, सरायो ।।
आर्थिक मन्दि देशलाई घाटा ,अस्त ब्य्सतमै
दिनमा बन्द रात खुल्ला कति, गोजि भरायो ।।
मान्छे , देख्दा मान्छे भाग्ने ,यस्तो गरायो ।
छिमेक भित्र छिमेकि लौ, औधि डरायो।।
पापी युग सबै बर्बाद कति, बर्णन गर्नु खोइ
इच्छा आशा तुहाई दिदै, भुँइमै झरायो ।।

