‘समाचार र विचारको
साझा चौतारी’






नदीजन्य सामाग्री प्रकरणमा मुछिएकाहरुलाई निलम्वन पनि गर्ने हो कि ?


झापाको मेचीनगर नगरपालिकामा भएको नदीजन्य वस्तुको उत्खनन् तथा ओसारपोसारको विषयले अहिले चर्चा पाएको छ । नगरक्षेत्रका केही स्थानमा भएको नदीजन्य वस्तुको उत्खनन् र यसको ओसारपोसारका विषयमा अनियमितता भएको भन्ने विषय अहिले बहसको उत्कर्समा मात्र छैन यो प्रकरणमा सामेल भएका भनिएका केही जनप्रतिनिधिका विषयमा समेत बहस शुरु भएको छ । यो प्रकरणमा मुछिएका(जसको नाम आएको छ) यदि नगरकार्यपालिकाले सत्य तथ्य जनसमक्ष ल्याउन खोजेको हो भने पहिला उनीहरुलाई पदीय जिम्मेवारीबाट निलम्बन गर्नु पर्ने विषय समेत आएको छ । वास्तवमा यो विषयमा जसजसको नाम आएको पहिला त उनीहरुलाई निलम्वन गर्नु पर्छ । मेचीनगर नगरपालिकाले अहिले यो विषयको छानविनका लागि अख्तियारलाई दिने भन्ने कुरा आफैमा स्वागत योग्य भए पनि पहिला आरोपीहरुका विषयमा समेत ध्यान जान जरुरी छ । यो प्रकरणमा नगरपालिकामा प्रतिनिधत्व गर्ने जनप्रतिनिधिहरुलाई निलम्वन गर्न मेचीनगरले किन तदारुकुता देखाएन ? नगरपालिकाले यो प्रकरणलाई अख्तियारमा जसरी यो विषयलार्य पु¥याउने काम गरेकोछ सँगै यो विषयमा प्रत्यक्ष रुपमा नाम आएका ब्यक्तिहरुलाई समेत अख्तियारको छानिबिनको अन्तिम निचोड नआउन्जेल निलम्बनमा प्रकृया अघि बडाउनु पथ्र्यौ । अहिले पनि केही बितेको छैन मेचीनगर नगरपालिकाले यो प्रकरणको सत्यतथ्य जनसमक्ष ल्याउने मनशायले यो विषयलाई अख्तियारमा पठाउन लागेको हो भने यो प्रकरणमा नामा आएका जनप्रतिनिधिहरुलाई पनि निलम्वन गर्न सक्नु पर्छ अन्यथा आरोपी त्यही पदमा रहिरहने र छानबिनको फायल मात्र अख्तियारमा पठाएको खासै अर्थ लाग्दैन ।

प्रतिकृया दिनुहोस्