‘समाचार र विचारको
साझा चौतारी’






स्क्रिप्ट बदल्न दबाब दिएपछि शाहरुखको फिल्मबाट निकालिए कार्तिक


एजेन्सी, मुम्बई, 2021/05/27

निर्माता करण जोहरपछि अभिनेता शाहरुख खानको फिल्मबाट पनि अभिनेता कार्तिक आर्यन बाहिरिएका छन् । शाहरुखको प्रोडक्सन कम्पनी रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्म ‘फ्रेडी’ बाट कार्तिक निकालिएका हुन् । यो फिल्ममा उनी अभिनेत्री कटरीना कैफसँग देखिने तयारीमा थिए । तर, अब दर्शकले यो जोडीलाई ठूलो पर्दामा हेर्न नपाउने भएका छन् ।

धर्मा प्रोडक्सनको ‘दोस्ताना २’ बाट उनलाई जुन कारणले निकालिएको थियो, शाहरुखले पनि त्यही कारणले कार्तिक आर्यनलाई फिल्मबाट हटाएको भारतीय मिडियाले जनाएका छन् । फिल्म साइन गरेपछि उनले स्क्रिप्ट बदल्न निर्माण टिमलाई दबाब दिएका थिए । तर, फिल्मको स्क्रिप्ट परिवर्तन गर्न शाहरुख तयार भएनन् । बरु, उनले कार्तिकलाई नै फिल्मबाट हटाउने निर्णय गरे ।

कार्तिकले ‘फ्रेडी’ का लागि बुझेको २ करोड रुपैयाँ साइनिङ एमाउन्ट रेड चिलीजलाई फिर्ता गरिसकेका छन् । अब रेड चिलीज कटरीनाको अपोजिटमा एक नयाँ कलाकारको खोजीमा जुटेको छ । कार्तिकले धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’ २० दिनको छायांकनपछि छाडेका थिए । पारिश्रमिक बढाउन र स्क्रिप्ट परिवर्तन गर्न दबाब दिएपछि उनी फिल्मबाट निकालिएको चर्चा छ ।filmykhabar/from

प्रतिकृया दिनुहोस्