‘समाचार र विचारको
साझा चौतारी’






मेचीनगर नगरपालिकालाई हाम्रो प्रश्न , के गर्छ सूचना तथा प्रविधि शाखाले ?


नागरिक र नगरको दिर्घकालिन विकासका नामले भन्दा समय सयमा नदीजन्य वस्तु, मकै, ढुङ्गा र नक्कली रसिद जस्ता विषयले दुःखका साथ भन्नु पर्छ आफ्नो परिचयलाई थप परिचय बनाउन पुगेको मेचीनगर नगरपालिका स्थानिय संचार माध्यामलाई कोभिड लहरमा सहयोग गर्ने नाममा थप विवादमा आएको छ । बाहिरबाट हेर्दा स्थानिय संचार माध्यामलाई कोरोना कहरमा गर्ने जनहितमा जारी विज्ञापनको विवादको मूल जरो नै मेचीनगर नगरपालिका हो भन्दा अब हामीले धक मान्नु पर्ने छैन । र, यो आम नगरवासीका लागि पनि जानकारी होस भन्ने उद्देश्यका साथ आज हामीले हाम्रा कुरा नागरिक समक्ष राख बाध्य भएकाछौँ । चौतारी पोष्ट अनलाइन नेपाल सरकारका सबै आबाश्यक पर्ने निकायमा दर्ता भएर विगत ४ वर्ष देखि निरन्तर संचालनमा आएको अनलाइन न्यूज पोर्टल हो । हामीले हाम्रा बुँताले भ्याए सम्म निष्पक्ष समाचार र विचारको स्वतन्त्रतालाई आफ्नो मार्ग निर्देशक मुल्य लाई कायम राख्ने प्रयत्न गरेका छौँ । एउटा सञ्चार माध्यामको संचालनको निरन्तरता भनेको बिज्ञापन नै हो । मेचीनगर नगरपालिका वडा नं ६ मा हाम्रो अनलाइनको सम्पादन तथा प्रकाशन कार्यालय रहेको छ । हामीले स्थानिय सरकारको रुपमा रहेको मेचीनगर नगरपालिकासँग जनहितमा जारी सूचना र अन्य बिज्ञापनको अपेक्षा गर्नु पक्कै पनि गलत होइन । नियमानुसार हामीले मेचीनगर नगरपालिकामा हाम्रो अनलाइनलाई सूचिकुति गरिपाउँ भनि पटक पटक निवेदन गरेका थियौँ । नगरपािलकाको ईमेल ठेगानाका अलवा हाम्रा सबै कागजात सहितका निवेदन विगत दुइ वर्ष अघि देखि बुझाउँदै आएको प्रमाण हामीसँग छ तर थाहा छैन मेचीनगर नगरपालिकाले अहिले सम्म चौतारी पोष्ट अनलाइनलाई चिनेन र बुझेको पनि छैन । सुनिन्छ मेचीनगर नगरपालिकामा सचना प्रवधि भन्ने शाखा छ अरे ! हामीले जानेसुने अनुसार सो शाखामा मेचीनगरपालिका क्षेत्रका संचार माध्याम र भए अझ संचारकर्मीहरुको विवरण हुनु पर्ने हो हामीलाई थाहा छैन त्यो शाखाले के के काम गर्ने हो । स्थानिय सरकारका रुपमा रहेको स्वयम् नगरपालिकाले पनि यस क्षेत्रमा रहेका संचार संस्थाहरुको रेकर्ड राख्न पर्ने हो कि होइन त्यो नगरपालिकालाई नै थाहा होला । कसै प्रति हाम्रो आग्रह र पूर्वाग्रह छैन तर हाम्रो जोडदार अपिल यो हो कि मेचीनगर नगरपालिकाले स्थानिय संचार माध्यामहरुसँग नगरले गरेका विविध विकास निमार्णका कार्यहरु जनसमक्ष पु¥याउन यस क्षेत्रमा रहेका संचार संस्थाका विषयमा संचार मैत्री वातावरण बनाउन नसकेको कुरामा हामी प्रष्ट छौँ । त्यति मात्र होइन नगर क्षेत्रमा रहेर संचारको क्षेत्रमा काम गरिरहेका संचार माध्यामका विषयमा समेत नगरपालिकासँग रेकर्ड हुनु पर्छ या पर्दैन ?हामीले यहाँ एउटा तितो सत्य भने बोल्ने पर्छ , मेचीनगरनगरपाकिामा सूचिकृत हुनका लागि पटक पटक निवेदन र जानकारी गराएको चौतारी पोष्ट अनलाइन कुनै राजनीतिक दलसँग सरोकार राख्दैन, कुनै राजनीतिक पार्टीको झण्डा मुनि गोलबन्द कार्यकर्ता हाम्रो सम्पादन टिममा छैनन् अनि अनावाश्यक जनप्रतिनिधि र नगरपालिकामा रहेका उच्च पदका कर्मचारीहरुलाई हामी फेरि पनि भन्छौँ नमस्कार गर्दै हामी जादैनौँ । यदि यसकै कारणले हो भने नगरपालिकाले दिने जनहित वा लोक कल्याणकारी विज्ञापनबाट हामी टाढा भएका हौँ भने फेरि पनि हामी भन्छौ हामी चाकडी र चाप्लुसीमा विश्वास गर्दैनौँ र यो कर्म हामी बाट हुदैन तर मेचीनगर नगरपालिका यहाँको स्थानिय सरकार हो भने सरकारले आफ्नो क्षेत्रमा रहेका संचार माध्यामका बारेमा किन त्यसको अनुगमन गर्दैन ? यहाँ रहेका संचार माध्यामहरु कसरी संचालन भएका छन् र तिनको अवस्थाका बारेमा किन चासो राख्दैन र जनहित र लोक कल्याणकारी विज्ञापनको वितरणमा सौतेलो ब्यवहार गर्दछ हाम्रो सरोकार र जिज्ञासा यहाँ हो ।
हामी फेरि पनि मेचीनगर नगरपालिकामा प्रतिनिधित्व गर्ने सम्पूर्ण जनप्रतिनिधि र यस क्षेत्रमा रहनु हुने आम नागरिक तथा हाम्रा पाठकहरुमा निवेदन गर्दछौँ कि कृपया तपाईहरु पनि मेचीनगर नगरपालिकामा रहेर संचालन भईरहेका संचार माध्याम र नगरपालिकाले उपलब्ध गराउँदै आएको जनहितमा जारी सूचना, विज्ञापन र अन्य विज्ञापनका विषयमा खोजी गरिदिनुहोस ।
हाम्रो अनुरोध यो हो कि मेचीनगरनगर पालिका साँच्चै स्थानिय सरकार हो भने एउटा सरकारले त्यहाँका नागरिकका विषयमा समान न्यायको सिद्धान्तलाई कार्यान्वयन गर्न सकोस होइन सबै कुरामा राजनीति र चाकडीकै पुरानो चलनलाई कायम गरेर जानु छ भने हाम्रो भन्नु केही छैन । हामी यति मात्र भन्छौ चौतारी पोष्ट अनलाइन न्याय, समानता, स्वतन्त्रता , प्रेस स्वतन्त्रता र लोकतन्त्रका पक्ष सधै अभिने छ भने चाकडी र चाप्लुसीलाई सधै बहिष्कार गरेर आम पाठकहरुको साथ र सहयोगमा निरन्तर आफ्नो यात्रामा रहने छ ।

प्रतिकृया दिनुहोस्