स्वास्थ्य

राष्ट्रिय युवा संघद्वारा निशुल्क स्वास्थ्य परिक्षण

२० असार २०७८
काँकरभिट्टा। राष्ट्रिय युवा संघ मेचीनगर ८ वडा कमिटीले टोकला बगानमा कार्यरत मजदुरलाई लक्षित गरी एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शनिबार घोडाजिनमा आयोजित निस्शुल्क स्वास्थ्य शिविरमा टोकला बगानका १२५ जना मजदुरलाई स्वास्थ्य जाँच गरी निस्शुल्क औषधि समेत वितरण गरिएको राष्ट्रिय युवा संघ मेचीनगर ८ का अध्यक्ष दिपेश पाठकले जानकारी दिए ।

विर्तामोड स्थित बिर्ता सिटी अस्पतालका डाक्टर सुदिप भट्टराईको नेतृत्वमा ९ जना स्वास्थ्यकर्मीको टोलीले चिया मजदुरहरूलाई स्वास्थ्य परिक्षण गरेका हुन् ।

७० जना महिला र ५५ जना पुरूषको स्वास्थ्य परिक्षण गर्दा अधिकांशमा ब्लड प्रेसरको समस्या तथा केहीमा आँखा, दम र लिभरको समस्या देखिएको आयोजक नवकिरण टोल विकास संस्था दिलिप उराँउले बताए ।

नवज्योति किल्निक बिर्तामोड ३ को पाविधिक सहयोग रहेको शिविरमा पानी परेर स्वास्थ्य जाँच गर्न आउन नसकेका अति विपन्न र अशक्त ५ परिवारलाई घरमा नै पुगेर स्वास्थ्य जाँच गरी आवश्यक औषधि समेत वितरण गरेको आयोजकले जनाएको छ

सोही अवसरमा मेचीनगर ८ का वडासदस्य गंगा पाठकले दुई जना अति विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिने घोषणा समेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button