
१९ श्रावण २०७८
फाइल तस्बिर
काठमाडाैं- सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
यस्तै गुरु भट्टराईलाई रेल्वे कम्पनीको महाप्रबन्धकबाट हटाउने प्रक्रिया सुरु गरेको छ । प्रक्रिया स्वरुप उनलाई स्पष्टिकरण सोधिएको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बताए ।
भट्टराईले आचरणविपरीत काम गरेकोले स्पष्टीकरण सोध्ने निर्णय भएको उनले जानकारी दिए। विवादित अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा चर्चामा आइरहने भट्टराईलाई तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका थिए ।Ratopati News/from



