स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ३३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २४ जनाको मृत्यु

१९ साउन२०७८
ललितपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा ३३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६३८ जनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३५ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशभरका विभिन्न अस्पतालबाट १ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button