स्वास्थ्य

पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाकाे मृत्यु

१९ आश्विन २०७८
न्युज अफ नेपाल , काठमाडौ ।

नेपालमा पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५८२ जनाको पीसीआर परीक्षणमा ७६२ र ४ हजार ४६० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ११४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।निको हुने दर ९६ दशमलब ६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button