
कविता
काउछो,
खतरनाक चिलाउने
चिलाउँदा चिलाउँदै भत्भत् पोल्ने
झुस बिझेर यतिखेर त्यो आक्रान्त छ ।
न कन्याउनु न फुफु गरि
फुकेर शान्त हुनु,
काउछो उसको पिँधमै दलिएको छ।
प्रकृतिको नियतमा फलेको झुसदार काउछो
कुन नियतिले उसको पुट्ठाको सम्पर्कमा आयो रु
जसले, न कुर्सीमा बस्नु
न कुर्सी छोडेर भाग्नु
पारेर हैरान खेलाएको छ ।
बबुरो, काउछालाई के थाहा?
म असङ्ख्य पुट्ठा हुँदो बिझेर चिलाउँदै छु
अथवा, यावत् मान्छेको हैरानी बनेर पोल्दै छु १
बस्, ऊ त, आफ्नै लयमा
निर्मल, शान्त, कल्याणकारी र
एक बफादार झुस हो, स्वप्रिय काउछो हो ।
त्यसैले, ऊ निर्दोष छ बरु
दोषी त, त्यसमाथि ओथाराझैँ बस्न पुग्ने
र, अहिले आएर
उठिसुख न बसिसुख बनेका
तमाम पुट्ठाहरु नै हुन् ।


