स्वास्थ्य

आयुर्वेदिक औषधि उत्पादनका लागि जडीबुटीको खोजीमा वैद्यखाना

काठमाडौं
चालू आर्थिक वर्ष २०७८/७९ को चार महिना बाँकी रहँदा सिंहदरबार वैद्यखाना विकास समिति आयुर्वेदिक औषधि उत्पादनका लागि जडीबुटीको खोजीमा जुटेको छ । कोभिड प्रकोप उत्कर्षमा हुँदा पनि आयुर्वेदिक औषधि उत्पादनमा गम्भीर गृहकार्य नगरेको एक मात्र सरकारी निकाय सिंहदरबार वैद्यखाना आर्थिक वर्षको अन्त्यतिर जडीबुटीको खोजीमा लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र राज्यमन्त्री भवानीप्रसाद खापुङले आयुर्वेदिक औषधि उत्पादनलाई उच्च प्राथमिकतासाथ अघि बढाउन निर्देशन दिएपछि वैद्यखाना औषधि उत्पादन बढाउने गरी तयारीमा जुटेको छ ।गोरखापत्र दैनिकमा छ ।

कोभिड प्रकोप सुरु भएपछि आयुर्वेदिक औषधि उत्पादन वृद्धि गरी नागरिकलाई सेवा दिएर मुनाफा आर्जन गर्ने अवस्थामा पनि सुस्ताएको वैद्यखानामा चालू आवको आठ महिनामा उत्पादन गर्ने सूचीमा रहेका दुई सयमध्ये ३५ वटा औषधि उत्पादनमै सीमित भएको छ । वैद्यखानाका निमित्त कार्यकारी निर्देशक डा. सबरी साहले जडीबुटीको जोहो गरेर चाँडै उत्पादन थप गर्ने बताए । उनका अनुसार औषधि उत्पादन बढाउने लक्ष्यसाथ बोलपत्र आह्वानको प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ तर औषधि खरिद गर्न बोलपत्र खुलाउने विषय अझै निष्कर्षमा पुगेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button