सृजनाको चौतारी

मेरो उम्मेद्वार !

उम्मेद्वारहरुको भीड भित्र
आज म मेरो उम्मेद्वार खोजीरहेको छु
जो पक्का जनताको प्रतिनिधि बन्न सक्छ
जसलाई म, मेरो प्रतिनिधि भन्न सक्छु

जनतादेखि जनतासम्मको जनतानै मेरो उम्मेद्वार
जताबाट देखे पनि जति हेरे पनि जनतानै देखियोस
लोभ, लालच र कमाउ धन्धाबाट सधै पर रहने
मेरो उम्मेद्वार यस्तो बनोस, जनतामा विश्वास गरोस अनि जनताकै काम गरोस

विकास जनतालाई सोधोस, झुप्रा र झत्तेहरुको समस्यालाई चिनेको होस
पार्टीको प्रतिनिधि जस्तो नभएर जनता दरबारको सेवक जस्तो बनोस
मेरो उम्मेद्वार चुनावमा पार्टीको, ,जितेपछि सबैको बनोस
नानीहरुदेखि पाकाहरुको भरोस बन्न सकोस

जनमतको सधै सम्मान गर्ने, आफ्नो धरातलाई सधै संझिरहने
प्रत्येक मतको सम्मान गर्ने
मैले मेरो उम्मेद्वार देखेर गर्व गर्ने खालको ,उसका काम देखेर हो नि भन्न सक्ने
म त्यस्तै उम्मेद्वारको खोजीमा छु
जो, साँच्चैको जनताको प्रतिनिधि बन्न लायक रहोस
मैले मेरो जनप्रतिनिध भन्न सहजै सक्ने खालको
म यस्तै उम्मेद्वारको खोजीमा छु
जसले मेरो मतको सम्मान गर्न सकोस
जसले हाम्रा समस्या हामीलाई नै सोधोस

चुनाव अघि सबैलाई चिन्ने चुनाव पछि आफैलाई मात्र चिन्ने नहोस
सधै जनतामा,सँगै जनतामा अनि सबै जनतामा यस्तो बनोस
म यस्तै उम्मेद्वारको खोजीमा छु
जो पक्का जनप्रतिनिधि बन्न लायक होस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button