मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा ५९ हजार ४६ मतगणना हुँदा एमालेको मेयरमा ४७०० र उपमेयरमा ८३३७ मतले अग्रता लिईरहेका छन् ।
सोमबार बेलुकी ६ः३० वजे सम्मको मतगणनाको नतिजा अनुसार ५९०४६ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले २४८२२ मत ल्याएका छन् । मेयरमा एमालेको ४७०० मतको फरक रहेको छ ।
त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले २०१२२, राप्रपाका रमेश दाहालले ३४८०, भालेले १७५८ र साइकल चिन्हले १८६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।
यता उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती २०४२३, माओवादी केन्द्र प्रकाश भण्डारी १२०८६, राप्रपाकी सविना बजगाईको ९०५४, भालेले १८८७, डिल्लीराम घिमिरेको धाराले १११६ र एकीकृत समाजवादीको कलमले ३९७, साइकलले १८५ मत ल्याएको कार्यालयले जनाएको छ ।


