मूल खबर

सरकारको नीति तथा कार्यक्रम आज

न्युज अफ नेपाल
काठमाडौं ।

सरकारले आज मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको हो ।

संसद्का महासचिव डा. भरतराज गौतमले राष्ट्रपतिद्वारा संयुक्त सदनलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गरेपछि संसद्को दोस्रो बैठक पुनः साँझ ६ बजे बस्ने कार्यसूची छ । उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिद्वारा गरिएको सम्बोधनको प्रति सदनमा टेबल गर्ने कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ९ महिना लामो संसद्को अवरोध हटाएसँगै संसद् सहज रूपमा सञ्चालन भएको छ । संवैधानिक व्यवस्थाअनुसार नीति तथा कार्यक्रम पारित गरेर सरकारले जेठ १५ गते बजेट ल्याउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button