स्वास्थ्य

८ जनामा कालज्वरको सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौं

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीका ८ जनामा कालज्वरको सङ्क्रमण देखिएको छ भने तीमध्ये एक जनाको मृत्युसमेत भइसकेको छ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका २, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकाका एक/एक जनामा कालज्वर देखिएको छ। स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले काल ज्वर देखिएकामध्ये शिवनाथका एकजनाको ३ वर्षीय बालकको केही महिना अघि मृत्यु भएको बताए। आठ जनामा काल ज्वर पुष्टि भएपछि नेपाल सरकारको नीतिअनुसार सम्पर्कमा रहेकाहरूको परीक्षण गर्ने कार्य भइरहेको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए।  नेपाल समाचारपत्र   ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button