खबर

असारे विकास : रातभर गरेको पिच बिहानै भत्काइयो

स्थानीयको विरोधपछि सडक बनेको १२ घण्टापछि पुन भत्काउदै ठेकेदार। तस्बिर : लीलाराज खडका

विर्तामोड। असारमा बजेट सक्ने चटारोका कारण हतारमा विकास निर्माणका काम गर्ने गरेको पाइएको छ। झापाको कनकाई नगरपालिका ३ मा शनिबार रातभर गरेको सडक पिच गुणस्तरहिन भएको पाइएपछि स्थानीयको चर्को विरोध गरे।

पानी परेको समयमा कमशल सामग्री राखेर ठेकेदार कम्पनीले पिच गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन्। स्थानीयको विरोधपछि ठेकेदारले बिहानै पिच भत्काएका हुन्।

कनकाई नगरपालिका ३ सुरुङ्गा खोला पुल हुँदै कनकाई नगरपालिका ४ को सिमासम्मको झण्डै दुई किलोमिटर पञ्चायात मार्ग असार मसान्तमा सक्नेगरी एसए एस कन्स्ट्रक्सन प्रालि विराटनगरले ठेक्का लिएको हो। ती करोड ४१ लाख २१ हजार ८ सय ७९ रुपैँयामा ठेक्का शहरी विकास तथा भवन निर्माण कार्यालयले लगाएको हो। काम अन्तिम अवस्थामा पुगेको छ।

हतारोमा काम गर्ने क्रममा कमशल काम गर्न थालेपछि स्थानीयको विरोधपछि ठेकेदार कम्पनीले बनिसकेको रोडसमेत भत्काएको स्थानीयको भनाइ छ। कमशल काम गर्न खोज्दा जनताले विरोध गरेपछि ठेकेदारले पुन काम गर्नुपरेको स्थानीय शेरबहादुर थापाले बताउनुभयो।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button