
एजेन्सी – मिडफिल्डर ग्रेस जियोरोको ह्याट्रिक सहयोगमा फ्रान्सले महिला युरो च्याम्पियनसिप २०२२ मा सानदार जित दर्ता गरेको छ । फ्रान्सले इटालीमाथि ५–१ को सानदार जित निकाल्दै विजयी सुरुवात गरेको हो ।
इंग्ल्यान्डमा आइतबार राति भएको खेलमा फ्रान्सको फराकिलो जितमा ग्रेस जियोरोले ह्याट्रिक पुरा गरिन् । मारी एन्टोनेट काटोटो र डेल्फिन कास्कारिनोले समान एक गोल गरिन् । इटालीकी मार्टिना पिमोन्टेले एक गोल फर्काइन् । फ्रान्सले सबै पाँच गोल पहिलो हाफमै गर्दा दोस्रो हाफमा एक गोल बेहोरेको थियो।
न्युयोर्क स्टेडियम रोदरह्याम साउथ योर्कसायरमा भएको खेलको नवौं मिनेटमा ग्रेस जियोरोको गोलबाट फ्रान्सले सुरुवाती अग्रता लिएको थियो । १२औं मिनेटमा मारी एन्टोनेट काटोटोले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारिन् ।
३८औं मिनेटमा डेल्फिन कास्कारिनोले गोल गरेपछि फ्रान्सले खेलमा ३–० को आरामदायी स्थितिमा अघि बढ्यो । त्यसपछिको थप दुई गोल ग्रेस जियोरोको नाममा रहँहा उनले पहिलो हाफमै ह्याट्रिक पूरा गरिन् ।
४०औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेकी ग्रेस जियोरोले ४५औं मिनेटमा ह्याट्रिक पुरा गरिन् । त्यसपछि मार्टिना पिमोन्टेले ७६औं मिनेटमा गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याएपनि थप गोल निस्कन नसक्दा फ्रान्सले सानदार सुरुवात गर्न सफल भयो ।
यो सानदार जितसँगै समूह ‘डी’ मा फ्रान्स ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । इटाली पुछारमा रहँदा बेल्जियम र आइसल्यान्ड समान १ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहेको छ ।
यही समूहको अर्काे खेलमा बेल्जियम र आइसल्यान्डले १–१ गोलको बराबरी खेल्दैं अंक बाँडेका छन् ।हाम्रो खेलकुदबाट ।



