काठमाडौ ।
गएको २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार५ हजार ५५ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्। आज २ जनाको संक्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ।
योसहित अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या नेपालमा ११ हजार ९५९ भइसकेको छ।
नेपालमा हालसम्म ७० लाख ७३ हजार ३३६ जनाको परीक्षण गरिएकोमा ११ लाख २६ हजार ३२० जनामा संक्रमण पुष्टि भएको छ। ९ लाख ६८ हजार ८०२ जना निको भएका छन्।



