मूल खबर

उप्रेतीले घोषणा गरे उम्मेदवारी

मेचीनगर । झापा मेचीनगरका मोहनप्रकाश उप्रेतीले मंसीर ४ गते हुने प्रदेश सभा सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकाछन् । सामाजिक संजालमार्फत उनले झापाको क्षेत्र न १ (क)बाट प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा गरेकाछन् । नेकपा(एमाले)मा असल र ईमानदार कार्यकर्ताका रुपमा परिचित उनले पार्टीले टिकट दिने अपेक्षा गर्दै पार्टीले टिकट नदिए पनि आफुले उम्मेदवारी दिने घोषणा गरेकाछन् । उप्रेती एमाले भित्र मात्र नभएर स्थानीय क्षेत्रमा समेत एक कर्मठ, ईमानदार र सामाजिक अगुवाका रुपमा पहिचान बनाएका व्यक्ति हुन् । उप्रेतीको उम्मेदवारी घोषणाले झापा एमालेमा तरङ्ग ल्याएको छ । चुनावको समयमा धेरै आकांक्षी एमाले झापामा उदाउँदै गर्दा सामाजिक संजालमार्फत उप्रेतीको यो घोषणाले झापाको एमाले नेतृत्व सोच्न बाध्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button