
गजल
जनताले सोध्छन् समस्याको निदान कहिले हुन्छ?
आफ्नै देश भित्र रोजगारको रूझान कहिले हुन्छ।
भन्न त पछि पर्दैनौँ रेल आयो पानी जहाज आयो,
नेता जी भन त्यो पुरा भनेको उखान कहिले हुन्छ।
हेप्छौ कथित तल्लो जात भन्छौ,माग्छौ भोट सधै,
भन छुवाछुत बिरूद्धको हाम्रो जहान कहिले हुन्छ।
हाम्रो बाउ बाजेहरू भारत र ब्रिटिशको लागी लडे,
युवा आफ्नै देशको समस्य समाधान कहिले हुन्छ।
दिनौँ अर्कैको देशमा रोजगार खोज्न उड्ने र गुड्ने,
हाम्रो देशको बन्द यो अनैतिक उडान कहिले हुन्छ।
सदियौं रेमिटेन्स र कर मा जनतालाई चुस्ने प्रवृति
भनौ कुनै सरकार जनतामा महेरवान कहिले हुन्छ।


