
मेचीनगर । मेचीनगरमा कृयाशिल ६ राजनीतिकदलले मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई आज ज्ञापन पत्र बुझाएकाछन् । ज्ञापन पत्रमा उनीहरुका नौ वटा माग रहेकाछन् ।नेपाली काँग्रेस, माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र एकिकृत समाजवादीका तर्फबाट नगरप्रमुखलाई ज्ञापन पत्र बुझाईएको हो । ज्ञापन पत्रको पहिलो मागनै मेचीनगर नगरपालिकाले गैरकानुनी ढङ्गबाट प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाउने र उनको अख्तीयारी स्थगन गर्ने निणर्य गरेको उल्लेख छ । ज्ञापन पत्रमा मेचीनगर क्षेत्रका नदीजन्य पदार्थ, जग्गाको वर्गीकरण,धनीपूर्जाको समस्या,स्वास्थ्यविमा, सार्वजनिक जग्गा, कृषि मण्डी ,प्यारीभिट्टा बसपार्क र नगरका योजनाका विषयमा चासो राखिएको छ । नगरपालिका कार्यालय परिसरमा नगरप्रमुख गोपालचन्द्र बुढाथाकीलाई पार्टीका प्रतिनिधिहरु सुवेशकुमार पनेरु,प्रकाश खड्का,भीम कुँवर,विशाल वास्तोला, ओमप्रकाश खापुङ्ग र हरि तिम्सिनाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए भने उप प्रमुख मिना पोखरेल(उप्रेती)पनि ज्ञापन पत्र बुझाउने कार्यक्रममा उपस्थित रहेकी थिइन् । ज्ञापन पत्र बुझाउँदै नेपाली काँग्रेसका मेचीनगर सभापति सुवेशकुमार पनेरुले आफ्ना मागहरु प्रति नगरपालिका सकारात्मक रहने विश्वास व्यक्त गरेका थिए





