सम्पादकीय

जो कार्यालयमा छैनन् तर सुचना पार्टीमा छन् !

सम्पादकीय
मेचीनगरका धेरै सर्वसाधारण सेवाग्राहीलाई थाहा नहुन सक्छ नगरपालिका भित्रको कर्मचारी र जनप्रतिनिधिबीचको अन्तर समस्या । नगरकै कार्यापालिकाले मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईँलाई फिर्ता जान र उनको अख्तियारी स्थगन गर्ने निणर्य गरेको छ।अझ पछिल्ला दिनमा त उनले कार्यालयमा आएर पनि हाँजिर गर्न नपाएपछि फर्कनु परेको थियो ।अहिले झापाको मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन् ।तर, नगरपालिका कार्यालय प्रवेशको द्धारमै राखिएको डिजिटल सुचना पार्टीमा भने कार्यालय प्रमुखमा उनै राजकपुर चौलागाईँलाई नै देख्न सकिन्छ । सबै सेवाग्राहीले यो अन्तर समस्या थाह पाउन सक्ने विषय भएन कतिपयलाई नगरपालिका भित्रको यो अन्तरकलहमा चासो राख्नु पर्ने दरकार पनि छैन छ त आफ्नै कामको चटारो जो नगरपालिकाबाट गर्नु पर्ने हुन्छ ।तर, नगरपालिका कार्यालयको प्रवेश द्धारको सुचना पार्टीले भन्छ —मेचीनगर नगरपालिका कार्यालय प्रमुख राजकपुर चौलागाईँ तर उनी भनेँ आफ्नै हाँजिर गर्न आफ्नै कार्यालयमा सकिरहेका छैनन! कार्यपालिकाले नै निणर्य गरेर फिर्ता जान र अख्तियारी नै स्थगन गरेको मात्रै होइन स्वयम कर्मचारी नै हाँजिर हुन नसकिरहेको व्यक्ति कसरी त्यही नगरको सुचना पार्टीमा कार्यालय प्रमुखका रुपमा रहन्छ ?जो कर्मचारीले आफ्नै कार्यालयमा हाँजिर हुन सकिरहेको छैन, जुन पालिकाको कार्यपालिकाको बैठकको निणर्यले फिर्ता जान र अख्तियारी स्थगन गरिएको कर्मचारी नगरको सुचना पार्टीमा देखिन्छ यसको उचित व्यवस्थापन गर्ने काम कसको हो ?कार्यालयमै नभएको कर्मचारी त्यही कार्यालयको प्रमुखको रुपमा आम सेवाग्राहीको जानकारीका लागि राखिएको सुचना पार्टीमा देखिनुलाई कसरी लिने ?एक पटक सम्बन्धि पक्षको ध्यान जान आवाश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button