
काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । गत २३ असोजमा एमाले परित्याग गरी भूसालले रुपन्देही–१ बाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए ।
शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलबाट भूसालले एकीकृत समाजवादी प्रवेशको घोषणा गर्ने कार्यक्रम तय भएको छ । आजै मात्रै एकीकृत समाजवादीले पार्टीमा आउन पत्र पठाएको थियो ।



