खबर

तस्बिर प्रयोगप्रति कोइरालाको आपत्ति

गोरखापत्र अनलाइन
काठमाडौँ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले आफ्नो फोटो राखेर उपचार सामग्रीको विज्ञापन गरेको भन्दै आपत्ति जनाउनुभएको छ। उहाँले आफ्नो सहमतिबिना फोटो दुरुपयोग गर्नेमाथि प्रहरीले अनुसन्धान गरिरहेको भन्दै बिनास्वीकृति फोटोको दुरुपयोग नगर्न पनि आग्रह गर्नुभएको छ।

छाला रोग निको हुने भनिएको औषधिमा डा. कोइरालाको फोटो राखी प्रचार गरिएको थियो। नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले कोइरालाको फोटो दुरुपयोग भएको भन्दै नेपाल प्रहरीलाई जानकारी गराइएको बताउनुभयो। उहाँले कुनै पनि चिकित्सकको स्वीकृतिबिना फोटो प्रयोग गर्न नपाइने बताउनुभयो।

फोटो राख्न आफ्नो कुनै अनुमति नलिएको र त्यस्ता सामग्रीको प्रचारमा फोटो राख्ने कुरै नभएको डा. कोइरालाले स्पष्ट पार्नुभएको छ। औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले भ्रामक सूचना दिने मिडिया वा सङ्घसंस्थालाई कारबाही हुने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button