
गजल
बाटो खन्नेकाे पछि लाग्छ लर्काे
खेदाे खन्नेकाे पछि लाग्छ र काे ?
गर्मीमा घाँडाे मानेर के भाे र
चिसो ठण्डाकाे पछि लाग्छ बर्काे
मिठास रत्तिभर नै नरहे
कुरा सुन्नुकाे पछि लाग्छ झर्काे
निरन्तर उही चीज पकाइ
सधैं चाख्नुकाे पछि लाग्छ चर्काे
आफन्त भित्रै भेदहरू खाेले
अनि आफ्नैकाे पछि लाग्छ अर्को ।।
माइजाेगमाइ,इलाम



