भिडियो चौतारी

सडक किनारको जिन्दगी!

मेचीनगर । सडक ब्यस्त छ, सवारी साधनको दोहोरी चलिरहेको छ सडकमा । उखुरमाउलो गर्मी , तावा जस्तै तातेको सडक तर उनी शान्तछन् । व्यस्त र तातो सडकको एउटा किनारमा एउटा जिन्दगी मौन रहेको छ । कसैलाई पर्खे जस्तो, अझै कोही आउला झै गरेर छेउको रुखको छायाँमा कसैको मायाँ साँचेर बसे जस्तै लाग्छ । बेलाबेला लोलाए जस्तो बेलाबेलामा टोलाए जस्तो फेरि कसैको प्रतिक्षामा रहे जस्तो । उनी को हुन् ? अहिले सम्म कसैले सोधे जस्तो लाग्दैन र उनले पनि भने जस्तो देखिदैन तर कोही त हुन् उनी जो सडक किनारको एउटा जिन्दगी भएर त्यही सडकलाई आफ्नो दुनियाँ संझेर जहाँको त्यहीँ रहेकाछन् । झापा मेचीनगर नगरपालिका वडा नं ७ स्थित महेन्द्र राजमार्ग(एनएमसी) डेरी छेउमा उनी रहेकाछन् । उनको शारिरिक अवस्था कमजोर देखिन्छ । जिन्दगीनै सडकको किनारमा भएपछि व्यवस्थित र सहज पनि कसरी पो हुन्छ त ! यो दृश्य लिईरहँदै उनले कुनै प्रतिकृया दिएनन् । धेरै दिन देखि एकै ठाउँमा रहेका उनी को हुन् ? मौन सडकले सोध्ने कुरै आएन र तर त्यही सडकमा दिनमा सयौँ सवारी साधन र छेउछाउबाट पैदल यात्री पनि हिड्ने गर्छन् शायद कसैको मनसँगै आँखा पनि परेको भए आजको यो उनको अवस्थामा केही त परिर्वतन हुन्थ्यो कि ? ( हामीले यो समाचार प्रकाशन तथा प्रशारण गर्नुको उदेश्य जानकारी मात्र नभएर उनको यो अवस्था माथि कसैको दयादृष्टि पनि पुगोस भन्ने उदेश्यले तयार गरेका हौँ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button