
एजेन्सी – साउदी अरबको शीर्ष ४ क्लबमा देशको सार्वजनिक लगानी कोष (पब्लिक इन्भेस्टमेन्ट फन्ड – पीआइएफ) को स्वामित्व रहने भएको छ ।
यस सिजन साउदी प्रो लिगको शीर्ष तीन टोली अल इतिहाद, अल नासर र अल हिलालसँगै दोस्रो श्रेणीको च्याम्पियन अल आहली अब लगानी कोषको नियन्त्रणमा चल्ने भएका छन् । कोषले यसअघि प्रिमियर लिग क्लब न्युकासल युनाइटेडमा पनि लगानी गरेको थियो ।
पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो अल नासरबाट खेल्दै आएका छन् । त्यस्तै अल इतिहादले यसै साता रियल म्याड्रिड छाडेका फरवार्ड करीम बेन्जेमालाई अनुबन्ध गर्ने तयारी गरेको छ । अल हिलालले यसअघि नै मेस्सीलाई अनुबन्ध गर्ने चाहना देखाउँदै आएको छ ।
कोषले एक विज्ञप्ति जारी गर्दै सबै क्लबहरु अब संस्थामा परिणत हुने र कोषसँगै क्लबको गैरनाफामुलक फाउन्डेसनको संयुक्त स्वामित्वमा रहनेछ । यसमा कोषको ७५ प्रतिशत र फाउन्डेसनको २५ प्रतिशत शेयर रहनेछ ।
कोषले व्यापारिक सम्भावना बढाउन र अन्य खेलमा पनि लगानी, साझेदारी र प्रायोजन भित्र्याउन यो कदम चालेको बताएको छ ।हाम्रो खेलकुदबाट ।



