मूल खबर

सात प्रदेशमा पौने ३ खर्बको बजेट

काठमाडौं । सात प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पौने ३ खर्ब रूपैयाँको बजेट ल्याएका छन्।

सात प्रदेशले कृषिदेखि भौतिक पूर्वाधारसम्मलाई प्राथमिकता राखेर बिहीबार र शुक्रबार २ खर्ब ७९ अर्ब ६१ करोड ९६ लाख रूपैयाँको बजेट ल्याएका हुन्।

कोसी प्रदेशले बिहीबार बजेट ल्याएको थियो भने अरू ६ प्रदेशले शुक्रबार बजेट ल्याएका हुन्। प्रदेश सरकारले भौतिक पूर्वाधारसहित उत्पादन वृद्धिदेखि रोजगारी सिर्जनासम्मका कार्यक्रम राखेका छन्।

कोसी प्रदेश सरकारले ३६ अर्ब २४ करोड ३५ लाख रूपैयाँ, मधेस प्रदेशले ४४ अर्ब ११ करोड ४६ लाख, वाग्मती प्रदेशले ६२ अर्ब ७० करोड ९० लाख रूपैयाँ, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख, लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोड ९७ लाख, कर्णाली प्रदेशले ३३ अर्ब ३७ करोड ९७ लाख र सुदूरपश्चिम प्रदेशले २९ अर्ब २६ करोड ५९ लाख रूपैयाँको बजेट ल्याएका हुन्। नागरिक दैनिकमा  छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button