मूल खबर

विद्यालय बन्द गरे कारबाही गर्ने बालेन्द्र शाहको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले विद्यालय बन्द गरेर आन्दोलनमा गएमा शिक्षक तथा कर्मचारीलाई पदबाट हटाउने चेतावनी दिनुभएको छ।

कर्मचारीले आइतबारदेखि मुलुकभरका सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिएपछि प्रमुख शाहले शनिबार शिक्षक तथा कर्मचारीलाई चेतावनी दिँदै आफ्नो फेसबुकमार्फत भन्नुभएको छ, “काठमाडौँ महानगरपालिका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी एवं विद्यालय व्यवस्थापन समितिलाई सम्पूर्ण विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देश गर्दछ।”

साथै विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पु-याएमा शिक्षक तथा कर्मचारीलाई पदबाट हटाइने, विद्यालय व्यवस्थापन समितिलाई विघटन गरिने तथा बल प्रयोग गरेर बन्द गर्न खोज्नेलाई नियन्त्रणमा लिएर फौजदारी मुद्दा चलाइने चेतावनी दिइएको छ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button