मूल खबर

समाजवादी मोर्चामा अन्य दललाई पनि गोलबन्द गराउँछौं : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी शक्तिहरूलाई एकतावद्ध गर्नका लागि समाजवादी मोर्चा बनाउन खोजिएको बताएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले निश्चित विचार मिल्ने समाजवादी शक्तिहरू एक हुनु स्वाभाविक रहेको भन्दै समाजवादी शक्तिहरूलाई एकीकृत गर्न मोर्चा बनाउन खोजिएको बताए।

उनले समाजवादी मोर्चाका कारण कोही पनि डराउनुपर्ने अवस्था नरहेको भन्दै मोर्चामा आगामी दिनमा अन्य दललाई पनि गोलबन्द बनाउने धारणा राखे।

राम्रो उद्देश्यका लागि एक ठाउँ आउँदा विरोध गर्नुपर्ने कुनै कारण नभएको उनको भनाइ छ। माओवादी केन्द्र, नेकपा समाजवादी लगायतका दलले सोमबार समाजवादी मोर्चा घोषणा गर्दैछन्।अन्नपूर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button