
काठमाडौं : जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आजबाट सुरू हुँदैछ। आजदेखि तीन दिनसम्म नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा अधिवेशन हुन लागेको हो।
शनिबार विधान अधिवेशनको मस्यौदा केन्द्रीय समिति बैठकमा पेश भएको थियो। बैठकले मस्यौदा विधानलाई अनुमोदन गरेपछि आज विधान महाधिवेशनमा पेश हुन लागेको हो ।
आइतबारको बैठकमा केन्द्रीय समितिका चार सय २३ सदस्य साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ संगठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जनासहित सात सय ७८ प्रतिनिधि सहभागी हुने जसपाले जनाएको छ। यसरी सहभागी भएका प्रतिनिधिलाई ११ वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुने जनाइएको छ।
विधान अधिवेशनपश्चात जसपा अध्यक्ष उपेन्द्र यादवले आफूलाई थप अधिकारको व्यवस्था गरेर बलियो हुने प्रयास गरेका छन्।
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकले मङ्सिरमा भएको निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको छ।अन्नपूर्ण



