खेलकुद

नेपाली युवा टोलीले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले मलेसियामा जारी एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध टस जितेको छ। भर्खर सम्पन्न टसमा नेपालका कप्तान अभिषेक तिवारीले बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । नेपाल मलेसियामाथि सहज जितका साथ समूह विजेता बन्दै सेमिफाइनल खेल्न चाहन्छ ।

नेपालले थाइल्यान्डलाई ४४ रनमै अल आउट गरेको थियो । थाईल्यान्डका ८ खेलाडी शून्यमा आउट भएका थिए । मलेसिया पनि सेमिफाइनलमा पुगि सकेको छ । यस खेलले समूह विजेता निर्धारण गर्नेछ ।

समूह बी मा हङकङ र सिंगापुर दुबै खेलमा जितका साथ ४–४ अंक जोडेका छन् । हङकङ नेटरनरेटको कारण शीर्ष र सिंगापुर दोस्रो स्थानमा छन् । यी दुबै टोली सेमिफाइनलमा पुगेका छन् । समूह विजेता यी दुई देशबीच शुक्रबार हुने खेलले निर्धारण गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button