कला

‘मै नाचिदिन्छु’ सार्वजनिक

काठमाडौँ, । गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचिदिन्छु’ सार्वजनिक भएको छ। खरेलकै शब्द तथा सङ्गीत रहेको गीतमा विशम आचार्यको व्यवस्थापन रहेको छ। भिडियोमा कामेश्वर चौरेसिया, पुष्प खड्का, कविता नेपालीलगायतको अभिनय छ।

गीतमा कामेश्वर गम्बर सिंहका रूपमा प्रस्तुत भएका छन्। गीतमा पुष्प र कविताको अभिनय र नृत्य रहेको छ। जय हो दी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोमा उत्तम हुमागाईंको छायाङ्कन, रुपेश खड्काको सम्पादन र निकेश खड्काको निर्देशन छ। भिडियोका निर्माता शिशिरजय खरेल नै हुनुहुन्छ। गीत खरेलकै आफ्नो युट्युब च्यानल जय हो दी फिल्म प्रोडक्सनबाट रिलिज भएको छ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button