मूल खबर

‘कांग्रेस रूपान्तरण गर्न अनुशासन जरुरी’

ललितपुर। नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीमा समग्र रूपान्तरण गर्नका लागि नेतृत्वसहित पदाधिकारीमै अनुशासन कायम हुनुपर्ने बताउनुभएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार बोल्ने केन्द्रीय सदस्यहरूले पार्टीमा सुधार ल्याउनका लागि माथिल्लो नेतृत्वबाटै रूपान्तरण सुरु गर्नुपर्ने बताउनुभएको हो ।

उहाँहरूले सङ्गठन सुदृढीकरण, भ्रातृ संस्था, शुभेच्छुक संस्था र केन्द्रीय विभागहरूलाई पूर्णता दिएर चलायमान बनाउनुपर्ने बताउनुभयो । साथै सरकारका सहभागी मन्त्री, सांसद, पार्टीका नेता कार्यकर्ता र अन्य जनप्रतिनिधिबिच समन्वय हुनुपर्ने पनि उहाँहरूले बताउनुभयो । कोशी प्रदेश नामकरणपछि उत्पन्न परिस्थितिका सन्दर्भमा पनि नेताहरूले बोल्नुभयो ।

कांग्रेसले दोस्रो दिन पनि बैठकको प्रत्यक्ष प्रसारण गरेको छ । बैठकमा बोल्ने नेताहरूले पदाधिकारी बैठक, केन्द्रीय कार्यसम्पादन समिति बैठकसहित अन्य बैठकको पनि प्रत्यक्ष प्रसारण गर्न माग राख्नुभयो ।

साउन २ गते सुरु भएको बैठक बिहीबार पनि जारी रहने छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबारको बैठकमा ४६ जनाले भनाइ राख्नुभयो । केन्द्रीय सदस्यहरू जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपाली, नैनसिंह महर, गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशीला भट्ट मिश्र, नागिना यादव बोल्नुभयो ।

त्यसै गरी केन्द्रीय सदस्य नानु बास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सेजुवाल, सुशीला थिङ, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), गणेश लामा, रूपा विक, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक, जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गङ्गा शाही र सीतादेवी देवकोटाले बोल्नुभयो ।

बैठकमा प्रदेश सभापतिहरू कृष्णप्रसाद यादव, इन्द्रबहादुर बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजङ्ग शाही र वीरबहादुर बलायरले आफ्नो भनाइ राख्नुभएको छ ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button