खेलकुद

महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै

एजेन्सी । महिला विश्वकप फुटबलमा आज तीन खेल हुदैछन् । पहिलो खेलमा समूह एको फिलिपिन्स र स्विजरल्याण्ड भिड्दैछन् । यी दुई बीचको खेल फोर्सिथ बार स्टेडियम न्यूजिल्यान्डमा नेपाली समय अनुसार विहान सवा ११ बजे सुरु हुनेछ ।

यस्तै, समूह बीमा नाइजेरिया र क्यानडा भिड्नेछन्। यी दुईबीचको खेल विहान पौने सवा ९ बजे अष्ट्रेलियाको मेलवर्न स्टेडियममा हुनेछ।

यसैगरी, आज हुने अन्तिम खेलमा समूह सीमा रहेको स्पेन र कोस्टारिका आमने सामने हुनेछन् । यी दुईको खेल दिउँसो पौने २ बजे न्यूजिल्यान्डको विलिंग्टन रिजनल स्टेडियम हुँदैछन् । ​ तीनै टोली खेलमा सहभागी टिम जितसहित विश्वकपको सुखद सूरुआत गर्न चाहन्छन् ।

बिहीबारको उद्घाटन खेलमा अष्ट्रेलिया र न्युजिल्यान्डले विजयी सुरुआत गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button