मूल खबर

माथिल्लो तामाकोसीमा अर्बौं भ्रष्टाचार ?

पर्‍यो अख्तियारमा उजुरी

काठमाडौं । माथिल्लो तामाकोसीमा अर्बौ भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

दोलखाका स्थानीय तथा एन्टी करप्सनका सञ्चालक तथा अभियन्ता विश्वनीति प्रकाशमान पाख्रिनले तत्कालीन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा उपल्लो तामाकोसी तत्कालीन सञ्चालक समितिका अध्यक्ष मुकेशराज काफ्लेसहित १० जनाविरुद्ध छानबिनका लागि अख्तियारमा उजुरी दिएका छन् ।

तामाकोसी बनाउँदा भ्रष्टाचार गरेको भन्दै अभियान्ता पाख्रिनले आयोजनाका तत्कालीन सञ्चालक समितिका अध्यक्ष अर्जुनकुमार कार्की, आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ, कम्पनी सचिव रामसुन्दर श्रेष्ठ, प्रशासन महाशाखा प्रमुख विनोदचन्द्र कर्माचार्य, कामु उपआयोजना प्रमुख प्रदिपकुमार थिके, आयोजना प्रबन्धक दिनेशजंग राणा, आयोजना सहायक प्रबन्धक विमल गुरुङ, आयोजनाका सहायक निर्देशक मुकुन्द अधिकारी, वातावरणविद् डा. गणेशप्रसाद न्यौपानेविरुद्ध उजुरी दर्ता भएको छ ।

तामाकोसी आयोजना निर्माणका लागि कुल लागत ३५ अर्ब २९ करोड निर्धारण गरी निर्माणको काम सुरु भएको भए पनि व्यापक अनियमितता र भ्रष्टाचार गरी आयोजनाको लागत दुई गुणा बढी बनाएर भ्रष्टाचार गरेको एन्टी करप्सनका सञ्चालक पाख्रिनले बताए ।

३५ अर्बमा बन्ने आयोजनालाई सबैको मिलेमतोमा लागत ८६ अर्बभन्दा बढी पुर्‍याएर भ्रष्टाचार गरेको पाख्रिनले दिएको निवेदनमा उल्लेख छ ।राजधानी दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button