मूल खबर

इमरान खानको भाषण प्रसारणमा प्रतिबन्धको मुद्दा उठाउन अदालतको निर्देशन

लाहोर। लाहोर उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको भाषणको मिडिया प्रसारणमा प्रतिबन्ध हटाउन दायर गरेको याचिकामा प्रसारण नियामकसँग यो मुद्दा उठाउन निर्देशन दिएको छ।

इमरानले आफ्नो निवेदनमा आफ्ना भाषण र गतिविधिको मिडिया प्रसारणमा अघोषित रूपमा प्रतिबन्ध लगाइएको बताएका छन् । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानको भ्रष्टाचार मुद्दामा पक्राउ परेको विरोधमा मे ९ मा उनका समर्थकहरूले सैन्य प्रतिष्ठान र सरकारी भवनहरूमा आक्रमण गरे। यसपछि सेनाको निर्देशनमा प्रिन्ट र इलेक्ट्रोनिक मिडियालाई इमरानको भाषण र तस्बिर प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ ।

इमरानको याचिकामा लाहोर उच्च अदालतले उनका वकिललाई पाकिस्तान मिडिया रेगुलेटरी अथोरिटी (एभ्ःच्ब्) समक्ष यो मुद्दा उठाएको थियो कि भनेर सोध्यो। यसबारे उनले नकारात्मक जवाफ दिए । यसबारे अदालतले आफ्नो उजुरी पेम्रामा लैजानुपर्ने बताएको छ ।

पाकिस्तानको निर्वाचन आयोगले इमरान खानविरुद्धको अवहेलना मुद्दामा मुद्दा चलाउने प्रक्रिया अगस्ट २ सम्मका लागि स्थगित गरेको छ । इमरानका वकिलले अभिलेख र कागजपत्र संकलन गर्न समय मागेका थिए । पूर्वप्रधानमन्त्री मंगलबार पहिलोपटक निर्वाचन आयोगमा हाजिर भएका छन् ।

सोमबार आयोगले इस्लामाबाद प्रहरीलाई इमरानलाई पक्राउ गरी मंगलबार पेश गर्न निर्देशन दिएको थियो । उनीमाथि निर्वाचन आयोगविरुद्ध आपत्तिजनक भाषा प्रयोग गरेको आरोप छ । आयोगले गत वर्ष इमरानसँगै पीटीआईका पूर्व नेता असद उमर र फवाद चौधरीविरुद्ध अवहेलनाको मुद्दा चलाएको थियो।EmountainTv

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button