मूल खबर

सीमापारीबाट दैनिक आवश्यकताका सामान ल्याउदा लचक हुन गृहमन्त्री श्रेष्ठको सुरक्षाकर्मीलाई निर्देशन

बर्दिबास। संघीय सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशका सिडिओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई शान्तिसुरक्षा एवम् समसामयिक सेवा तथा वितरण चुस्त बनाउन आवश्यक निर्देशन दिएका छन्। विभिन्न भेटघाट तथा कार्यक्रमका लागि आज यहाँ आएका उपप्रधानमन्त्री श्रेष्ठले सीमापारीबाट दैनिक आवश्यकताका सामान ल्याउदा लचक हुन सुरक्षाकर्मीलाई निर्देशन दिए।

नेपाल-भारत सीमामा हुने सामान ओसारपसारमा राज्यलाई नोक्सान पुर्‍याउने वा अवैध ओसारपसार गर्ने कामलाई कडाईका साथ नियन्त्रण गर्न तर वास्तवमै जनताको दैनिक आवश्यकता र व्यापारीक उद्देश्य के हो, त्यसलाई दुईपाटोबाट हेर्न उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिए। ‘दैनिक व्यवहारिक आवश्यकता टार्न सामान ल्याउने कुरामा लचक हुनुहोस् र व्यापारीक प्रयोजनमा ल्याएको भए कडाई गर्नुहोस्।’ उने भने। मलको हकमा पनि यहीँका किसानले आफ्नै प्रयोजनका लागि ल्याएको भए लचक हुन उनले निर्देशन दिए।

त्यस्तै मिटरब्याज (अनुचित लेनदेन)पीडितलाई आवश्यक समन्वय गरेर न्याय दिन समेत गृहमन्त्री श्रेष्ठले निर्देशन दिए। ‘अलिदिन कानुनी(मिटरब्याजबारे) ग्याप भयो भन्दैमा निषेधाज्ञा जारी गर्ने अदालतको रवैयाले ठिक सन्देश दिएको छैन। अनुचित लेनदेनसम्बन्धि कानुन सकभर आज नै राष्ट्रियसभाबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा जाने छ।’ उनले भने- ‘एकातिर कानुन छ, एकातिर आयोग छ, एकातिर तपाईंहरू हुनुहुन्छ। अदालत जाँदा पनि दु:ख नै पाइने हो। सकेसम्म अहिले नै आवश्यक समन्वय गरेर पीडितलाई न्याय दिनुहोस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button