मूल खबर

राप्रपाको पार्टी कार्यालय सार्न दियो महानगरले २१ दिनको म्याद थप

काठमाडौं । काठमाडौँ महानगरपालिकाले तत्काल राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउने भएको छ । राप्रपाले काठमाडौँ जिल्ला प्रशासनसंग छलफल गरेर काठमाडौंँ महानगरपालिकालाई पाटी कार्यालय सार्न २१ दिनको म्याद थप सहितको पत्र पठाएपछि महानगरपालिकाले राप्रपाले मागको समय सिमासम्म पर्खने भएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रहरी बल प्रमुख राजु पाण्डेले राप्रपाले २१ दिनको समय माग गरेर लिखित रुपमा पत्र दर्ता गरेसँगै सो अवधिका लागि पर्खिने निर्णय भएको बताए । उनका अनुसार अबको २१ दिनसम्म प्रतिक्षा गर्दा पनि राप्रपाले पाटी कार्यालय त्यहाँबाट नहटाए २२ औँ दिनमा भत्काइनेछ ।

यस अघि काठमाडौँ महानगरपालिकाले शुक्रबार ३ दिनको सुचना दिएपनि वेवास्ता गरेपछि काठमाडौँ महानगर प्रहरीको टोली डोजरसहित सोमबार राप्रपा पाटी कार्यालय आसपास पुगेपछि राप्रपाका नेता तथा कार्यकर्ताहरुले अवरोध जनाएपछि सोमबार साँझ यस्तो सहमति भएको हो ।Sagarmatha TV

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button