खबर

आज यी चार प्रदेशमा वर्षा हुने

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग महाशाखा अनुसार आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभर सामान्य बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button