खबर

बङ्गलादेशबाट ७ सय पर्यटक नेपाल आउँदै

काठमाडौं। आज बङ्लादेशबाट करिब ७ सय पर्यटक नेपाल आउँदै छन् । भाद्र १ गते र २ गते गरि फरक फरक विमानमार्फत ७ सय बङ्गाली पर्यटक नेपाल आउन लागेका हुन् ।

नेपाल पर्यटन बोर्डका अनुसार अहिले विहान ११ः३० बजे बङ्गाली पर्यटक बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरहण हुँदैछ । पहिलो लटमा नेपाल भित्रिने बंगलादेशी पर्यटकलाई पञ्चे बाजा बजाएर स्वागत गरिने बोर्डले जनाएको छ । यसै अवसरमा बोर्डले पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ।रिपोर्टर्स नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button