
हेटौंडा।
आफ्नै लिंग काटेर घाइते भएका मकवानपुरका युवाको काटिएको भाग फालेर शल्यक्रिया गरिएको छ । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो ।
ती युवाको अवस्था खतरामुक्त रहेको मेडिकल कलेजले बताएको छ । लिंगको आधा भाग काटिएको अवस्थामा ती युवा भर्ना भएका थिए । मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँका २२ वर्षीय नवीन हुमागाईंले बुधबार राति करिब १० बजे हेटौंडा बसपार्कको एक होटलमा आफ्नो ‘प्राइभेट पार्ट’ काटेका थिए।
लिंग काट्दा असह्य पीडा भएका उनी उपचारका लागि आफैं राति करिब पौने १२ बजे हेटौंडा अस्पताल पुगेपछि घटना बाहिरिएको थियो । हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित एक होटलमा बसेका उनले आफैंले आफ्नै संवेदनशील अंग काटेको स्वीकार गरेका छन् । तर, के कारण उनले त्यसो गरे भन्ने नखुलेको प्रहरीले बताएको छ । हेटौंडामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि राति नै भरतपुर लगिएको थियो ।
संवेदनशील अंग काटेर उपचारका लागि उनी आफैं हेटौंडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारका लागि उनलाई मध्यरात नै चितवन रिफर गरेको थियो । प्रहरीलाई बयानका क्रममा उनले आफैंले लिंग काटेको बताएका छन् । उनको अवस्था हाल मध्यम रहेको जिल्ला प्रहरीको भनाइ छ ।
प्रहरीसंगको बयानका क्रममा उनले ‘मानसिक उत्तेजना’ का कारण लिंग काटेको बताएका छन् । हुमागाईंले सुतिरहेको अवस्थामा बिच्छीले संवेदनशील अंगमा टोकेपछि शरीरमा विष फैलिने डरले उक्त भाग काटेको प्रहरीलाई जानकारी दिएका छन् । तर, उनको उक्त दाबीको पुष्टि हुन बाँकी छ ।न्युज अफ नेपाल



