
झापा । भर्खरै मात्र श्रोता माझ आएको कुमार थापाद्धारा संगीत र संयोजन गरिएको गीत ‘मैले दिएको चोखो मायाँ’ श्रोताको रोजाईमा परेको छ । आधुनिक शैलीको यो गीतको रचना बैकुण्ठ उपाध्यायले गरेका हुन् ।प्रताप दासको स्वर रहेको गीतको म्युजिक भिडियो पनि दर्शक समक्ष आएको छ ।

संगीतकार तथा संगीत संयोजक—कुमार थापा
एउटा गीत अब्बल बन्नका लागि रचना, संगीत, संगीत संयोजन र स्वरका बीच तालमेल बन्नु पर्छ भनेझै यो गीतको पनि न्याय भएको देखिन्छ । अहिलेका ब्यस्त संगीत संयोजकका रुपमा परिचय बनाएका संगीतकार समेत रहेका कुमार थापाले श्रोताले गीत मन पराउनु भनेको गीत माथि सम्बद्ध सबै पक्षले परिश्रम गरेको बताए । चौतारी पोष्ट अनलाइनलाई गीतका बारेमा प्रतिकृया दिदै थापाले श्रोता माझ आएको केही दिनमै गीत श्रोताले गीत मन पराउनु भनेको आउने दिनमा समेत आफुलाई गीत संगीतप्रति थप जिम्मेवार बनाएको बताए ।



