खबर

अमेरिकी सेनाको १२ जनाको टोली आज नेपाल आउँदै

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा सैन्य अभ्यास गर्ने भएका छन् । आगामी भदौ २४ देखि असोज १२ गतेसम्म संयुक्त सैन्य अभ्यास गर्न लागेको हो । नेपाली सेना र अमेरिकी सेनाबीच हुँदै आएको उक्त सैन्य अभ्यासको यो ४०औं संस्करण हो ।

अमेरिकी सेनाको १२ सदस्यीय टोली आज बिहीबार काठमाडौं आउँदै छ । उक्त संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका ३० जना अधिकृत तथा अन्य दर्जाको सहभागिता रहने छ । नेपाली सेनाका अनुुसार संयुक्त सैन्य अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरुमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ ।

नेपाली सेनाले संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायललगायत देशहरुका सैन्य संगठनहरुसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकालगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरुमा सहभागिता जनाउँँदै आएको छ ।EmountainTv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button